पोखरा: वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते, उपचार हुँदै

पाेखरा | फागुन ९, २०७९

पोखरा: वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा दुई बालक घाइते, उपचार हुँदै photo Anish Bhattarai

पोखरा:    पोखरा महानगरपालिका ३३ ठूलढुंगा नजिक वनमा भेट्टाएको विस्फोटक पदार्थ खेलाउँदा पड्किएर दुई बालक घाइते भएका छन् । 

   
वनमा भेटाएको विस्फोटक पदार्थ घरमा ल्याएर खेलाउँदा विस्फोट हुँदा दुई जना बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । 


‘वनमा भेट्टाएको विस्फोटक पदार्थ घरमा लगेर किला ठोक्दा पड्किएको अनुसन्धानको क्रममा देखिएको छ, खड्काले भने, ‘विस्फोटक पदार्थ विस्फोट हुँदा १५ वर्षीय माइकल चौधरी र १३ वर्षीय सविन तामाङ घाइते भएका छन् ।’ 


उनका अनुसार घाइते भएका दुई बालकको हात र खुट्टामा चोट लागेको छ । अहिले उनीहरुलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी अस्पतालमा उपचारका लागि लगिएको छ । वनमा उक्त विस्फोटक पदार्थ कसरी पुग्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्

पोखरा —चङ्गा प्रोडक्सनको आयोजनामा पोखरा रङ्गशालाको कभर्ड हलमा सम्पन्न ‘चङ्गा अल–स्टार फुटसल २०२६’ प्रतियोगितामा टिम प्याराडाइम च्याम्पियन बनेको छ ।   फाइनल खेलमा टिम क्रियटरलाई...

थप पढ्नुहोस्

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार आयोजना गर्ने “चङ्गा अल–स्टार फुटसल २०२६“ प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ...

थप पढ्नुहोस्